बैंकहरुले असोज महिनामा ८ अर्बले निक्षेप बढाउदा कर्जा ५५ अर्बले बढ्यो, दशैंमा बैंकबाट बाहिरियो १७ अर्ब



काठमाडौं । वाणिज्य बैंकले असोज महिनामा ८ अर्ब रुपैयाँले निक्षेप बढाएर ५५ अर्ब रुपैयाँ ऋण दिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार दशैं बिदा हुनु दुईदिन अगाडि २८ वटा वाणिज्य बैंकसँग २५ खर्ब २० अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै कर्जा २२ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ ।

असोजको पहिलो महिना बैंकसँग २५ खर्ब १२ अर्ब निक्षेप थियो भने कर्जा २१ खर्ब ८९ अर्ब रहेको थियो ।

राष्ट्र बैंकका अनुसार असोज २६ सम्म स्वदेशी मुद्रामा २४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप छ भने कर्जा २१ खर्ब ८२ रुपैयाँ रहेको छ । विदेशी मुद्रामा भने निक्षेप८७ अर्ब निक्षेप छ भने कर्जा ६३ अर्ब रहेको छ ।
बैंकहरुले स्वदेशी मुद्रामा १४ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् भने कर्जा ५१ अर्बले बढेको छ । बैंकबाट असोजको अन्तिम साता स्वदेशी मुद्रामा १० अर्ब तथा ७ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

असोज मसान्तमा बैंकमा २४ खर्ब ७० अर्ब निक्षेप थियो भने कर्जा २१ खर्ब ११ अर्ब थियो । असार महिनामा सरकारी विकास निर्माण खर्च बढेको कारण बैंकमा निक्षेप थपिएको थियो । त्यही पैसाबाट बैंकले कर्जा अत्याधिक बढाएका थिए ।

तीन महिनाको अवधीमा बैंकले १ खर्ब ३३ अर्ब रुपैयाँले कर्जा विस्तार गर्दा निक्षेप जम्मा ५० अर्बले बढेको छ ।


क्लिकमान्डु