पहिलो तीन महिनामा सरकारले उठायो करिब २ खर्ब राजस्व



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले करिब २ खर्ब राजस्व संकलन गरेको छ ।

अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले असोज मसान्तसम्ममा १ खर्ब ९७ अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।

‘हाम्रो लक्ष्य असोज मसान्तसम्ममा १ खर्ब ९३ अर्ब रुपैयाँको थियो,हामीले १ खर्ब ९७ अर्ब रुपैयाँ राजस्व संकलन गरेका छौ।’ढुंगानाले क्लिकमाण्डूसँग भने ।

पहिलो त्रैमासिक महिना आयकरको पहिलो किस्ता तिर्ने गरिन्छ । यसका साथै असोज महिनाको अन्तिम साता गाडीको आयात अत्याधिक थियो । दशैंको लागि उपभोग्य वस्तुको आयातपनि बढी नै भएको थियो ।


क्लिकमान्डु