अचम्मका कार यी हुन्, हेर्दै होस् उड्छ
आज हामी टप फाइफ मोडिफाई कारको बारेमा बताउन गइरहेका छौँ । जुन यसप्रकार छन् :
१. बिग फुट
यो बिग फुट ग्रेट मोटर एन्थुसियस बब जेन्लरले डिजाइन गरेका हुन् । सन् १९७४ मा उनले यो कार अमेरिकामा डिजाइन गरेका हुन् । बब आफ्नो फ्रि टाइममा अफरोडिङ एडभेन्चरका लागि ग्लोबल भेकल एफटु ५० चलाउने गर्थे । बबले त्यसलाई यति धेरै मर्मत गरे कि त्यसको एक्सल बिग्रियो । र, इन्जीन जल्यो र उनले थाहा पाए कि अब रिप्लेस्मेन्ट गर्न नमिले पछि त्यो ग्यापलाई मेन्टेन गर्न ४ बाई ४ वील बनाए ।
त्यहीबाट उनको दिमागमा एउटा आइडिया आयो र बबले मिडवेस फोरवील बनाए । पहिलो बिगफुटमा ४८ इन्च लामो फोर वील स्टेरिङ रहेको थियो । बबले सबैभन्दा ठूलो मन्स्टर ट्रक बनाए, जुन ५.७ मिटर लामो र बजन १७ हजार २ सय किलोग्राम रहेको थियो । उनले सन् १९८६ मा डेनवनका सोमा स्पोन्सर शो गरेका थिए ।
२. फोटो क्यामरा कार
मानिसहरुको लागि सेल्फी लिनु निकै महत्वपूर्ण बनिसकेको छ । तर, हेरर ब्याङका क्यामरा भ्यान भिन्न रहेको छ । १९९३ मा एउटा पागलले भरिएको आइडिया हेररलाई आयो ।
भ्यान बाहिर क्यामराले भरिएको छ । यसको एउटा कारण थियो मानिसहरुको अनौँठो अनुहार र उनीहरुको रिएक्सनलाई क्यापचर गर्नु । सन् १९९५ मा भ्यानले आफ्नो अमेरिकाको यात्रा सुरु गर्यो । गाडीमा राखिएको क्यामराले अचम्ममा परेका मानिसहरुको फोटो लिइरहेको थियो । त्यो भ्यानलाई डिपार्चर ब्याङले क्यानडा लगे त्यसपछि ब्रिटेन र जर्मनपनि लगे । जहाँ हजारौ नयाँ अनुहारहरु भेटिए ।
३. गोस्ट कार
यसमा स्टेरिङ विल, एक्सेलेरेटर र ब्रेक केही छैन् । तपाईँ यो ब्रेक स्टेरिङ बिना कसरी चल्छ भन्ने सोच्दै हुनुहुन्छ भने धेरै नसोच्नुस् यसको स्टेरिङ विल, एक्सेलेरेटर र ब्रेक सबै कारको पछाडि राखिएको छ । र, यस्तो मोडिफाई कार चलाउन निकै गाह्रो काम हो ।
४. प्रि भेन्ज रोबर ल्याण्ड रनर
फ्रेड र डेभले बनाएको यो प्री भेन्ज रोबर ल्याण्ड रनर गाडी जुनसुकै ठाउँमा गुड्न सक्छ । उनीहरुले हरेक तरिकाको बाटो गुड्न सक्ने गाडी बनाउने क्रममा पुरानो रेन्ज रोबरलाई फोड रेन्जरोबरसँग जोडे ।
र, बनाए प्रि भेन्ज रोबर ल्याण्ड रनर जुन माटो र रक कलमा पनि गुड्न सक्छ ।
ग्याँस कनेक्सनलाई नचलाईन उनीहरुले सबै अनावश्यक पार्टलाई काटेर छुटाए । धेरै मेहेनतपछि उनीहरुले २ वटा आदि कारलाई वेल्डीङ गरेर एक बनाए । अब यसमा २ ओटा ड्राइभिङ क्याबीन, २ स्टेरिङ वील, २ इञ्जीन र २ ड्राइभर रहन्छन् ।
५. द टिम हेल कार
ब्राजिलका एलेन्डान्टेकले विश्वमै सबैभन्दा धेरै ठूलो आवाज निकाल्ने गाडी बनाएका छन् । कयौँ वर्षदेखि वल्र्ड च्याम्पियन रहँदै आएका छन् ।
उनले १८०.४ डेसिमलको आवाज निकाल्ने कार बनाएका छन् । १८० डेसिम भन्दा ठूलो आवाज खतरनाक मानिन्छ । यसले कानको जाली फुटाउन सक्छ ।
यस्तो आवाजमा एक केजी टिएनटी फ्रोजन जति ताकत हुन्छ । जुन १८ मिटर टाढासम्म सुनिन्छ । द टिम हेल कार विश्वको सबैभन्दा ठूलो आवाज निकाल्ने कारमा पर्छ । सबैभन्दा पावरफूल अडियो सिस्टमका साथ बनेको यो कारमा ९ बुबर, ९ एम्प्ली फायर्स र ६० वटा ब्याट्रि रहेको छ ।