तपाईँको स्मार्ट फोन तात्यो ? यसो गर्नुहोस्



काठमाडौं । तपाईँ पक्कैपनि स्मार्ट फोन प्रयोग गर्नु हुन्छ होइन ? त्यो हो भने फोन तातेर हैरानपनि हुनु हुन्छ होला ? अन्य फोनको तुलनमा स्मार्ट फोन अनेकौं कामका लागि प्रयोग हुने भएकालेपनि यो बढी मात्रामा तात्ने गर्छ ।

यसरी स्मार्ट फोन तातेमा के गर्ने त ? यो समस्याबाट यसरी छुटकारा पाउन सकिन्छ :

तातेको स्मार्टफोन चिस्याउने ५ उपायहरु

१. फोनलाई आराम गर्न दिने 

हामीले जति चलाउँछौ, त्यती नै मात्रामा फोन तात्ने भएकाले तात्न लागेको संकेत पाउने बित्तिकै फोन नचलाउने वा प्रयोग कम गर्ने ।

२. अत्याधिक तातो वा चिसोमा नराख्ने 

मानिसको शरीर वातावरण अनुसार घुलिमिल हुनसक्छ भन्ने हामीले सुन्दै आएका हौ, तर फोनमा त्यस्तो हुनुपर्छ भन्ने जरुरी छैन र हुँदैनपनि । हामीले प्रयोग गर्ने फोनको लागि तातो वा चिसो दुवै मौसम हानीकारक हुन्छ । अत्याधिक तातो हुन गएको खण्डमा मोबाईल फोनले त्यो सहँदैन । यस्तै, चिसोपनि मोबाइलले सहन सक्दैन, जस्को कारणले मोबाइलमा विभिन्न समस्या देखा पर्छन् । ती समस्या मध्येमा मोबाइल तात्नेपनि एक समस्या हो ।

३. फोनलाई भारइस मुक्त राख्ने

हामीले स्मार्ट फोनमा विभिन्न एप राख्ने गरेका हुन्छौं । यसरी राखेका एपले कहीलेकाँही भाइरसलाई बढवा दिन समेत मद्दत गरेको हुन्छ । कतिपय अवस्थामा नचाहिंदा एपलेपनि भाइरस बढाउने काम गर्दछ । त्यसैले मोवाइलमा भाइरस बारेमा सचेत हुनुपनि फोनलाई तात्ने लगायतका समस्याबाट हटाउन मद्दत गर्नु हो ।

४. फोनमा लगाइने कभर

हामीले मोवाईल किन्दा निकै ख्याल गर्छौ, तर त्यति ख्याल कभरकोलागि कसैकसैले मात्र गरेका हुन्छौ । फोनमा लगाईने कवरलेपनि फोनको तापक्रमसँग सम्बन्ध राख्छ । हामीले कपडा लगाउँदा र कपडा नलगाउँदा त्यसले शरीरमा कति फरक पार्छ त्यो भोग्दै आएको कुरा हो । त्यसरी फोनमा लगाईने कभरमा ध्यान नदिंदा यसले फोन तताउन मद्दत गरिरहेको हुन्छ । फोन तातेको बेलामा कभर झिक्नु राम्रो हुन्छ ।

५. व्याट्रीको अवस्था

फोनमा रहेको व्याट्रीमा लिथियम हुने गर्छ । व्याट्रीको अवस्थालेपनि पुरै फोनको तापक्रम घटबढ गर्न मद्दत गर्छ । स्मार्ट फोन प्रयोग गर्दा व्याट्रीको बारेमा हामीले राम्रो ख्याल गर्नु आवश्यक हुन्छ । कतिपय अवस्थामा व्याट्रीको शक्ति कम हुँदा हामीले पटक पटक चार्ज गर्ने गर्छौँ । यसरी ब्याट्रीपनि फोन तात्नुको कारण बन्ने गर्छ ।


क्लिकमान्डु