नेपाली युवा सागर र सर्पविचको घनिष्ठताः एउटै कोठामा सुत्ने देखि मुखभित्र हाल्नेसम्म (भिडियोसहित)



नेपाली युवा सागर र सर्पविचको घनिष्ठताः एउटै कोठामा सुत्ने देखि मुखभित्र हाल्नेसम्म (भिडियोसहित)काठमाडौ । स्नेकब्वायका रुपमा चिनिन्छन नेपाली युवा सागर पाण्डे । पाल्पा जिल्लाको तानसेन नगरपालिका अन्तरर्गत पर्ने अर्गली घर भएका सागर र सर्पविचको सम्बन्ध हेर्दा चकित नपर्ने कोहि हुदैन ।

उनको साथमा चार पाँच वटा सर्प हुन्छन । सर्प उनले आफु सुत्ने कोठामा राख्छन र जहाँ जादा पनि संगसंगै लिएर हिडछन । उनी र सर्पविचको घनिष्ठता यति धेरै छ कि उनले सर्प मुख भित्रै राख्दा समेत सर्पले उनलाई केहि पनि गर्दैन । सर्पसँग खेल्ने, खुवाउने, घाँटीमा महादेव शिवले जस्तै माला बेरेजस्तो बेर्ने अनौठा गतिविधि सागर पाण्डे र सर्पविच चल्छन ।

सर्पले डसेर धेरै जनाको मृत्यु भएको समाचार आइरहन्छन । नेपाल लगायत संसारभर सर्पले डसेर मृत्यु हुनेको सङख्या धेरै छ । तर सर्प र सागरविच यो कसरी सम्भव भयो त ? सर्पसँग यसरी नजिक हुन सक्नुमा उनको एउटा गज्जपको कहानी छ । उनको घरमा बहिनी जन्मिएको बेला घरभित्र सर्प छिरेछ । पहिला सर्पदेखेपछि डराउने सागरले बहिनी भएको ठाँउमा सर्प छिरेपछि सर्प धपाउने आँट निकाले । त्यो नै उनले सर्प समाएको पहिलो क्षण थियो ।

त्यहि बेला देखिनै उनले सर्प समाउने, खेलाउने गर्न थाले । अहिले उनले जस्तो सर्प देखेपनि समाउन डराउदैनन । स्नेकव्यायको परिचय बनाएका सागर पाण्डे भन्छन ः अहिले म सर्प मार्नुहुन्न र यसको संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागेको छु ।

सर्प पनि यस धर्तिमा केहि न केहि आवश्यकता भएर जन्म लिएको बताउँछन । यसको पनि पारिस्थितिक प्रणालीमा ठुलो योगदान छ जुन हामीले प्रत्यक्ष रुपमा अनुभुत गरेका हुदैनौ । त्यसैले मानिस सर्प देख्नेवित्तिकै डस्ने डरले भाग्ने वा मार्ने गरेको उनले बताउँछन । सर्पलाई नजिस्काउने र आफ्नो बाटो हिडन दिने हो भने सर्पले आक्रमण नगर्ने पाण्डेको तर्क छ ।

संसारमा मान्छेमान्छे विचनै अन्याय, अत्याचार, बलात्कार, लुटपाट तथा अविश्वास बढेका बेला सागर पाण्डे र सर्पविचको यो मित्रताले गत्तिलो झापड दिएको छ । माया गर्न जान्ने हो भने मानिस र जनावर त नजिक हुन्छन भने मानिस मानिस विच काटमार किन ?


क्लिकमान्डु