संंसद भवन अगाडिको अचम्मको निशुल्क भ्यु टावर जहाँ जनता चढनै खोज्दैनन (भिडियोसहित)



काठमाडौ । सायद काठमाडौंको बानेश्वर बासीलाई नै संसद भवनको ठ्याक्कै अगाडी भ्यु टावर छ, त्यो पनि निशुल्क चढ्न पाइने भन्दा अचम्म लाग्न सक्छ । किनकि यो भ्यु टावर बत्ती मुनीको अध्याँरो जस्तै गरी बसेको छ ।

यति भन्दै गर्दा धेरैका मनका प्रश्न उठ्छ– हैन, त्यो बानेश्वर त नगएको ठाँउ हैन, त्यहि ठाउँमा धेरै हिडियो । बानेश्वर नगएको कत्ति धेरै नै भयो होला र ? कत्ति छिटो यस्तो भ्यु टावर बनीसकेछ ? रातारात विकासले फड्को मारेछ कि क्या हो ?

काठमाडौंमा बस्ने धेरैलाई थाहा नभएको भ्यु टावरको नजिकैबाट दिनमै हजारौ मानिस हिडछन । तर यो भ्यु टावरले वरपर अवलोकन गर्न चाहाने, सेल्फी खिच्न चाहाने, बृद्धबृद्धा, बच्चा सहितका आमाहरु, सिधै बाटो काट्न डराउनेहरुलाई मात्र काम दिने गरेको छ ।
बास्तवमा यो बनाउदा नै भ्यु टावर भनेर बनाइएको संरचना पक्कै होइन । प्रयोग हुँदै जादा यसले भ्यु टावर र सेल्फि टावरको रुप धारण गर्न पुग्यो ।

बानेश्वरको संसद भवनको पश्चिम दिशाबाट थापागाउँ, अनामनगर आउने चोकमा सरकारले गाडी र मानिसको अधिक चाप कम गर्नका लागि लाखौ पैसा खर्च गरेर आकाशे पुल बनायो । बाटो काट्न सजिलो होस भनेर बनाएको पुल अन्तत बाटो काट्न नभइ वरीपरीको दृश्य अवलोकन गर्न, सेल्फि खिच्ने प्रयोजनका लागि बनाए जस्तो बनेको छ ।

त्यहि पुल भएको ठाउँबाट हजारौ मानिसहरु हिडछन तर विरलैले मात्र उक्त आकाशे पुलको प्रयोग गर्दछन । लाखौ खर्च गरेर बनाएको उक्त पुल लगभग प्रयोग विहिन जस्तै देखिन्छ । यसरी बनेका संरचना प्रयोग नगर्दा यातायात व्यवस्थापन गर्न निकै गाह्रो हुदै आएको छ । बानेश्वर मात्र नभइ काठमाडौमा आकाशे पुल भएका अन्य ठाउँमा पनि यो समस्या रहेको छ ।

भिडियोमा हेर्नुहोस ।


क्लिकमान्डु