सेलिब्रेटीहरु यसरी मनाउँदैछन् यस वर्षको बडा दशैँ



काठमाडौं । दशैं भन्ने बित्तिकै नयाँ लुगा मिठो खाना र आफन्त तथा परिवारसँगको रमाईलो भेटघाट बुझिन्छ । दशैंमा सामान्यतया हामी आफ्नो गाउँ फर्किने र सबै आफन्त जनलाई भेटेर टीका थाप्ने गर्छौँ ।

यसै सेरोफेरामो नेपाली सेलिब्रेटीहरु कसरी मनाउँदैछन् त महान् पर्व बडा दशैँ ? हामीले केही कलाकारहरुसँग उनीहरुको दशैं योजनाबारे जान्ने कोसिस गरेका छाँै ।

मिस नेपाल २०१८ श्रृङ्खला अतिवडा यो दशैंमा निकै व्यस्त रहेको बताउँछिन् । मिस वल्र्डको तयारीका कारण आफु यो पटक धुमधामका साथ दशैं मनाउन नपाउने उनले बताइन् । उनी तिहारमा टीकाको भोलिपल्ट नै मिस वल्र्डको लागि बैंकक जाँदै छिन् । उनले आफुले यो पटक दशैंको लागि केही सपिङ नगरेको बताइन् । उनी दशैंमा खाना र रमाईलोसँगै स्वास्थ्यको पनि ख्याल राख्नु पर्ने बताउँछिन् । दशैंमा धेरै चिल्लो पिरो खाने चलन भएकाले चिल्लो कम खान आग्रह गरिन् ।

यस्तै नायिका बर्षा शिवाकोटीले दशैँ काठमाडौंमै मनाउँदै छिन् । दशैंमा आफु मूल घरको सदस्य भएकाले घरको काममा व्यस्त भएको बताउँछिन् । स्पेशल नभएपनि धेरैपछि एकै ठाउँमा थुप्रै परिवारजनहरुसँग भेट्दा रमाईलो हुने उनी बताउँछिन् ।
बर्षाले दशैंको लागि क्याज्यूयल कुर्था किने बताइन् । ‘बजार गए पिच्छ केही किनि राख्न मन लाग्ने भएकाले १५÷१६ हजारको सपिङ गरे होला,’ बर्षा ले भनिन् ।

यस्तै, फिटनेसको लागि दशैंमा दिनमा एक पटक मात्र खान सल्लाहा दिन्छिन् । उनी मासु धेरै नखाने र खाएपनि वर्कआउट गर्नुपर्ने बताउँछिन् । उनी आफै भने खाना कन्ट्रोल गर्न नसक्ने बताउँछिन्, ओर्कआउटसँगै राती खाना नखाने उनको योजना छ ।
चलचित्र निर्माता तथा नायक निश्चल बस्नेत दशैँमा निकै व्यवस्त रहेको बताउँछन् ।

उनी पछिल्लो समय पहिलाको जस्तो दशैं रमाइलो नहुने गरेको बताउँछन् । उनले यो पटक दशैंका लागि कुनै सपिङ नगरेको बताए । उनी खाने कुरामा भने कप्रमाइज गर्न सक्दैनन्, त्यहीपनि खानामा चिल्लो नखाई खानामा ध्यान दिनु पर्ने बताउँछन् । उनी दशैं काठमाडौं मै मनाउने योजनामा छन् ।

यस्तै, हास्य कलाकारको रुपमा परिचित दीपकराज गिरीले ३ वर्षदेखि दशैं फिल्म हलमै मनाउने गरेको बताउँछन् । उनी सपिङ आफ्नो पाटोमा नपर्ने बताउँछन् ।

मैले ३ वर्षदेखि दशैं हलमै मनाउँदै आएको छु, दर्शकहरुको माझमा, यो पटक नी त्यही हुँदैछ, टीकाको दिन घर जान्छु, त्यसपछि फेरी हल मै आउने हो,’ दीपकले भने ।

उनी भेजिटेरियन हुन्, त्यसैले अरुलाई सक्दो मासु नखान आग्रह गर्छन् । मासु खाए पनि कुखुरा र माछा खान आग्रह गर्दै उनी सक्दो मासु कम खान सल्लाह दिन्छन् ।

मासु खाएपनि मासु काटेको फोटो खिचेर फेसबुक लगायत सामाजिक सञ्जालमा भने नराख्न उनको आग्रह छ ।


क्लिकमान्डु