वनको जग्गा मारुती सिमेन्ट कारखानाको नाममा !



जनकपुरधाम । सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ ।

कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक वनको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको हो ।

कारखानाले जोभा प्राकृतिक सामुदायिक वनको १३ कट्ठा पाँच धुर जग्गा आफ्नो नाममा दर्ता गराएको देखिएको छ ।

मालपोत कार्यालय सिरहाको अभिलेखअनुसार कारखानाले सो जग्गा विस २०७३ पुस ३ गते कित्ताकाट गराएको देखिन्छ ।

कारखानाका लागि मोरङ विराटनगरका मनोज राठीको नाममा मालपोत कार्यालय सिरहाबाट कित्ताकाट गराएको पाइएको छ ।

सरकारले विसं २०५१ चैत ५ गते जोभा प्राकृतिक सामुदायिक वनका रूपमा हस्तान्तरित ३१ हेक्टरमध्ये गोरखनाथ गणलाई दिई बाँकी रहेको १८ हेक्टर वन क्षेत्रको १३ कट्ठा ५ धुर जग्गा राठीको नाममा दर्ता पाइएको छ । रासस


क्लिकमान्डु