अनलाइनबाटै खुल्छ एनआईसी एशियाको न्यू प्रिमियम समुन्नति बचत खाता



काठमाण्डौ । “सोच बदलौं, एनआईसी एशिया बैंक नै रोजौँ” भन्ने मुल नाराका साथ सञ्चालित एनआईसी एशिया बैंकको खाता अब घरैमा बसेर खोल्न सकिने भएको छ ।

ग्राहक महानुहरुले अनलाइनबाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।

बैंकले मुलुकभर २६१ शाखा कार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

वासलातको आकार २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६४ अर्ब तथा कर्जा १३८ अर्ब पुगेको बैंकले जनाएको छ । बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु