महालक्ष्मी विकास बैंकले हस्तान्तरण गर्यो ५० हजार छात्रबृत्ति



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले तिलागुफा ९, कालिकोट, कर्णाली घर भई हाल काठमाडौंको मीनभवन स्थित विनायक सुधा निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत प्रशंसा ढकाललाई छात्रवृति प्रदान गरिएको छ । विपन्न परिवारमा हुर्किएकी ढकाल अत्यन्त लगनशील तथा जेहेन्दार छात्रा भएको बैंकले जनाएको छ ।

कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटद्वारा राष्ट्रिय नाचघर जमल, काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच बैकले ती छात्रालाई छात्रवृत्ति स्वरुप नगद पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

पूर्व परराष्ट्र मन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको  बैंकले जनाएको छ ।


क्लिकमान्डु