८० चेपाङ बालबालिकालाई खाद्यान्न सामाग्री वितरण



हेटौंडा । मकवानपुर जिल्लाको राक्सिराङ  र मनहरी गाउँ पालिकाका चेपाङ बालबालिकालाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

हिमालयन मानवअधिकारकर्मी समुह हिमराइट्सको आयोजना तथा कोर इन्टरनेशनल क्यानडाको सहयोगमा ८० जना चेपाङ बालबालिकालाई खाद्यान्न बितरण गरिएको हो ।

सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्र्तगत सिमान्तकृत बालबालिकाहरुका लागि मासिकरुपले प्रदान गरिने खाजा बापतको रकमबाट खाद्यान्न सामाग्री वितरण गरिएको हिमराइट्म मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाले बताइन् ।

असोज २६ गते सरिखेतको सुर्योदय माविमा विद्यालयका प्रधानाध्यापक काजिराम मुक्तानको सभाध्यक्ष तथा राक्सिराङ गाउँ पालिकाका वडा नं ३ का वडा अध्यक्ष बाबुलाल स्यांतानको प्रमुख आतिथ्यमा बालबालिकालाई खाद्यान्न वितरण गरिएको थियो ।

त्यसैगरी, असोज २७ गते मनहरीको श्रीसगरमाथा आधारभुत विद्यालयमका प्रअ खड्गबहादुर मुक्तानको सभाध्यक्ष तथा वडा नं. ६ का महिला वडा सदस्य राममाया प्रजाको प्रमुख आतिथ्यतामा कार्यक्रम खाद्यान्न वितरण कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा राक्सिराङको श्री प्रजाजागृति बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खाद्यान्न सामाग्री प्रदान गरिएको थियो ।

यसैगरी असोज २८ गते मनहरी गाउँपालिका हाडिखोलाका श्री प्रजा आधारभूत विद्यालयका बालबालिकाहरुलाई खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

८० जना चेपाङ बालबालिकाहरुलाई खाद्यान्न सामाग्री दाल ,चामल तेल र नुन लगायतका सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक वाइबाले बताइन् ।


क्लिकमान्डु