मध्य बानेश्वरमा सिटिजन्स बैंकको एटिएम सेवा




काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । यसले गर्दा मध्य बानेश्वर क्षेत्र र वरपरका जनताको बैंकसंगको पहँुच बढ्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिए.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरुपनि बैंकले उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु