शाइन रेसुङ्गाको साधारणसभाबाट १७ प्रतिशत बोनश शेयरको प्रस्ताव पारित



काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको दशौं बार्षिक साधारण सभा असोज २८ गते सम्पन्न भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रकाश पौडेलले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बैंकको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

बैंकका संस्थापक अध्यक्ष थानेश्वर पौडेलले बैंकको आगामी रणनैतिक अवस्थाकोे बारेमा प्रकाश पार्नु भरेका थिए । उक्त साधारणसभाले आ.व. २०७४\७५ को मुनाफावाट चुक्ता पुँजीको १७.७० प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागी ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्न स्विकृत प्रदान गरेको छ ।

बोनश शेयर वितरण पश्चात चुक्ता पूँजी १ अर्व ६२ करोड पुग्ने बैंकले जनाएको छ । उक्त अवसरमा बैंकले आ.व.२०७४÷७५ मा सिद्धार्थनगर शाखा कार्यालयलाई उत्कृष्ट शाखा कार्यालयको रुपमा सम्मान गरेको छ ।

दश जिल्ला कार्यक्षेत्र रहेको बैंकको हाल निक्षेप परिचालन १५ अर्व, कर्जा लगानी १३ अर्व ४५ करोड रहेको छ भने केन्द्रीय कार्यालय सहित ३७ कार्यालय मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।


क्लिकमान्डु