हुम्लामा जनता बैंकको ३ शाखाबाट कारोबार आरम्भ



काठमाण्डौ । जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकै साथ कारोवार आरम्भ गरेको छ ।

हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चङ्खेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार सुरु गरिएको हो । अन्य शाखाहरु जस्तै यी शाखाहरुबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा सुरु गरिएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका जनताहरुलाई देशको अन्य क्षेत्रसँग वित्तीय सञ्जालमा जोड्न ती शाखाहरु महत्वपूर्ण हुनेछन् ।

साथै, हालसम्म मोटर बाटोको पहुँच नपुगेका यी दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ सेवाले केही सहजता प्रदान गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

यी शाखाहरु समेत गरी जनता बैंकको देश भरीमा शाखा सञ्जाल १२६ पुगेको छ ।


क्लिकमान्डु