आशा लघुवित्त वित्तीय संस्थाको साधारण सभा




काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले असोज २७ गते नुवाकोटको ककनीमा दोश्रो साधारण सभा सम्पन्न गरेको छ ।

सभामा संस्थाका अध्यक्ष निर्गुणप्रसाद भट्टचनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७४\७५मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारे ।

उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमहरुबारे पनि प्रष्ट पारे ।संस्थापक अध्यक्ष रामबहादुर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४\७५को वित्तीय विवरणहरु पारित गरेको छ ।

२०७३ भाद्र १५ गतेदेखि कारोबार शुरु गरेको संस्थाको २०७५ असार मसान्तसम्ममा १ अर्ब २७ करोड कर्जा लगानीमा रहिरहेको तथा २५ करोड ७२ लाख निक्षेप संकलन रहेको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले जानकारी दिए । संस्थाले आर्थिक वर्ष २०७५\७६मा १ करोड १० लाख मुनाफा आर्जन गरेको छ ।


क्लिकमान्डु