इटहरी र बीरगंजमा बजाज मास्टर मेक कार्यक्रम




काठमाण्डौ । नेपालका लागि बजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले इटहरीमा पूर्वाञ्चलको क्षेत्रीय स्तरको र बीरगंजमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगिताको आयोजना गरेको छ ।

देशभरिका बजाजका विक्रेताहरुका प्राविधिकहरुलाई सहभागी गराउने, प्राविधिक तवरले अग्रसर बनाउने र कार्यलाई मनोरञ्जनात्मक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिस्पर्धीहरु मध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने, पुरस्कृत गर्ने र हौसला बढाउने पनि हो साथै विजय नहुने प्रतिस्पर्धीहरुलाई आफ्नो कमजोरी पहिल्याउन सहयोग गर्दै सुधारको लागि कार्य गर्न अभिप्रेरित गर्नु भएको बताइएको छ ।

यो प्रतियोगीतालाई एच एच बजाजले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय चरणमा गरी ४ चरणमा सञ्चालन गर्ने हंसराज हुलासचन्दका तालिम विभागीय प्रमूख उमेश श्रेष्ठले बताए ।


क्लिकमान्डु