क्लियरिङ हाउसले बीस प्रतिशत बोनस सेयर दिने



काठमाडौँ । नेपाल क्लियरिङ हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीको सातौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४\७५ मा गरेको नाफाका आधारमा उक्त बोनस दिने निर्णय गरेको हो ।

कम्पनीले सो आवमा १८ करोड १६ लाख नाफा गरेको आसाधारणसभामा जानकारी दिइयो । कम्पनीको चुक्ता पूँजी १८ करोड रहेको छ । बोनस शेयर पारित भएपछि चुक्ता पूँजी बढेर २१ करोड ६० लाख पुगेको छ ।

कम्पनीले आव २०७४\७५ मा ९६ लाख ८६ हजार चेकमार्फत २६ अर्ब ६० करोड बराबरको राफसाफ गरेको छ । कम्पनीले विभिन्न ८० वटा बैंक तथा वित्तीय संस्थाको चार हजार ८० वटा शाखाबाट खिचिएका चेक राफसाफ गरेको जनाएको छ ।

कम्पनीमा केन्द्रीय बैंकको दश प्रतिशत, बैंक तथा वित्तीय संस्थाको ८० प्रतिशत र एक निजी कम्पनीको दश प्रतिशत शेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु