चाडपर्वमा घर छाडेर जाँदा सुरक्षा कसरी अपनाउने ? काठमाण्डौका प्रहरी प्रवक्ता बसन्त लामा यसो भन्छन्
काठमाडौं । तपाईँ हामी सबैजना दशैँको महौलमा रमाइरहेका छौं । कामको शिलशिलामा धेरै जना हामी घरभन्दा टाढा बसिरहेका हुन्छौं र चाडवाडमा घर पुग्छौं ।
कोही घर पुगिसकेका छौं भने कोही घर जाने तरखरमा पनि छौं । घर जाने तरखरमा रहेका हामीहरु आफु बस्दै आएको घरलाई एक्लै छाडेर जादै छौँ । यसरी घर एक्लै छाडेर जाने कुराको मौका ताकेर बसिरहेका हुन्छन् चोरी गर्ने गिरोहहरु । यस्तो अवस्थामा प्रहरी मात्र हैन हामी आफैँपनि सजक हुन आवश्यक छ ।
चाडवाडमा हामी आफैँ कसरी सचेत हुनसक्छौँ त ? यसबारेमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक बसन्त लामासँग हामीले कुराकानी गरेका छौं ।
चाडवाड विशेष तयारीका बारेमा प्रहरी उपरीक्षक विशेष सुरक्षा योजना बनाएको बताउँछन् ।
उनले उपत्यकामा सुरक्षाका लागि ३ हजार ३५ जनशक्ति खटाइएको बताए । दशैँमा टिकटको समस्या नहोस् भनि १४ वटा ठाउँमा हेल्प डेक्सको व्यवस्था गरिएको उनले जानकारी दिए ।
त्यसका साथै सिभिल ड्रेसमा प्रहरी खटाइनुका साथै प्रहरीहरुलाई पनि यात्रुको सुरक्षामा खटाइएको उनले बताए । सवारी साधानहरुको २५ टोली चेकजाच तथा सहयोगका लागि प्रहरी परिचालन भएको उनले बताए ।
दशैँमा आफ्नो घर र सामानको सुरक्षा गर्नका लागि प्रत्येक प्रहरी बिटबाट माइकिङ र पम्प्लेट बाँडिएको छ । घर छाड्दा प्रहरीमा जानकारी गराएर जान र त्यसको सुरक्षा प्रहरीले गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
‘तपार्इँ घर जाडेर जाँदै हुनुहुन्छ भने प्रहरीमा भनेर जानुहोस्, हामी तपाईँको घरको निगरानी गछौँ,’ लामाले भने ।
दशैँको बेला रातमा भन्दा दिनमा सबै जना सपिङका लागि गएको बेला चोरी हुने सम्भावना हुने हुँदा त्यसअघि प्रहरीमा जानकारी गराई जान उनले आग्रह गरे ।
विशेष सुरक्षा योजना ल्याएपछि ३ जना चोरीकै क्रममा पक्राउ गरिएको उनले बताए ।
गाउँ जाँदा यसरी घरको सुरक्षा गरौँ
१. घर छोडेर कतै जाँदा शुरुमा छिमेकीलाई खबर गरौँ, छिमेकीलाई खबर नगरी जाँदा बाहिरको मान्छे आउँदा परिवार खकै हो भनी वास्ता नगरिने भएकाले छरछिमेकीलाई भनेर जाँदा पनि घरको थोरै सुरक्षा हुनेछ ।
२. घर छाडेर जाँदा नजिकैको प्रहरी बिटमा जानकारी गराउ, तपाईँको निगरानी प्रहरीले गर्नेछ ।
३. समाज परिवर्तनसँग प्रविधिहरुमा पनि धेरै विकास भइसकेको छ । त्यसैले घर छाडेर जाँदा घरमा कोही आउँदा साइरन वा सेन्सरको व्यवस्था गरौ ।
४. गाउँ नजाने स्थानीय टोलबासीको एउटा समुह बनाई प्रहरीसँग मिलेरपनि घरको सुरक्षा गर्न सकिन्छ ।