गरिमा विकास बैंकको बाह्रौं बार्षिक साधारणसभा
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा असोज २६ गते कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।
उक्त साधारणसभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र ३.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी उक्त साधारणसभाले मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत प्रदान गरेको छ ।
२ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैंया चुक्ता पू¤जी रहेको विकास बैंकको १० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार पुगेको छ ।
साधारण सभाको लागि २०७५ आश्विन १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७५ असोज ११ गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले मात्र साधारणसभाबाट पारित बोनश शेयर र नगद लाभांश प्राप्त गर्नेछन् ।