एभरेष्ट बैंकका कार्ड होल्डरलाई नेपाल क्यान्सर हस्पिटलमा छुट
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग संझौता गरेको छ ।
हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैंक लिमिटेडका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने एक संझौतामा हस्ताक्षर गरेको छ ।
सो संझौता अनुसार एभरेष्ट बैंकका कार्ड होल्डरहरुले हस्पिटलका सेवाहरु रेडियोलोजी, ल्याब्रोटरी चार्ज, बेड चार्ज, रेडियसन थेरापी, ब्राक थेरापी तथा क्यान्सर स्कृनीङ प्याकेजमा छुट पाइनेछ ।
यस सम्बन्धि संझौतामा बैंकका अफिसियल तथा हस्पिटलका कार्यकारी अध्यक्षले हस्ताक्षर गरेका छन् । हाल एभरेष्ट बैकसँग यस क्षेत्रकै बडि ९ लाख ५० हजार भन्दा बढी ग्राहक सख्या रहेको छ ।