युएम मोटरसाइकलको नयाँ शोरुम उद्घाटन
काठमाण्डौ । यूएम बाइकको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले नेपाली बजारमा ल्याएको यूएम मोटरसाइकलको ‘ए.पी. अटो ईन्टरप्राईजेज’ लाई आधिकारिक मान्यता प्रदान गरेको छ ।
यूएम मोटरसाइकलले काठमाडौंको सामाखुशीमा आफ्नो शाखा विस्तार गर्दै पूर्ण सुविधासहितको नयाँ शोरुम एपी अटो ईन्टरप्राईजेज संचालनमा ल्याएको हो । उक्त शोरुम पद्य्मज्ञान, सामाखुशीमा रहेको छ ।
उक्त कार्यक्रममा यस आइएमई अटोमोटिभ्स् प्रालिका प्रमुख सञ्चालन अधिकृत दामोदर खनालले नयाँ शोरुम को उद्घाटन गरे । यसैबीच यूएम बाइकका डिभिजन हेड उज्जवल जोशीले विभिन्न मोटरसाइकहरुका प्राविधिक विवरण प्रस्तुत गर्दै नयाँ शोरुम सञ्चालन सँगै ग्राहकहरुको बढ्दो माग पूरा गर्न सहज हुने बताए ।
‘ए.पी. अटो ईन्टरप्राईजेज’ का अध्यक्ष चन्द्रप्रकाश राजभण्डारीले दसैं र तिहारको अवसर पारेर यूएम बाइक खरिदमा थाइल्यान्ड टुर प्याकेजको पनि अफर ल्याएको अभिव्यक्ति दिए ।
शोरुम उद्घाटनको अवसरमा नयाँ बाइक खरिद गर्ने साजनमान श्रेष्ठलाई चाबी हस्तान्तरण पनि गरियो ।
यूएम अमेरिकी ब्रान्डका रेनेगेड स्पोर्टस एस, रेनेगेड कमान्डो, हाइपर स्पोर्टस, डीएसआर टु र रेनेगेड स्पोर्टस बाइक तथा नाइट्रोक्स र पावरम्याक्स स्कुटर उपलव्ध छन् ।
यूएम बाइक विशेष गरी युवाहरुकाबीच लोकप्रिय मानिन्छ र आगामी दिनहरुमा अरु मोडलहरुमा पनि विशेष योजना बनाउने कम्पनीको भनाई छ ।