महालक्ष्मीको साधारण सभाले पारित गर्यो नगद लाभांस र बोनस शेयरको प्रस्ताव



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले असोज २६ गते आफ्नो १७ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

साधारण सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७४\०७५ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

साथै लेखा परीक्षकको नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु माथि छलफल गरी साधारणसभाले पारित समेत गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ७७ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि.को ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढी रहेको छ ।

बैंकले हालसम्म करिब २६ अर्ब ३२ करोड निक्षेप संकलन गरी २२ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु