लाग्यो दशैं, यस्तो छ खसीबोका र च्याङ्ग्राको बजार



काठमाडौं ।  नेपाल खाद्य संस्थानले दशैंको लागि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ । 

संस्थानले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गर्न लागेको हो । संस्थानले खसी प्रतिकेजी ५०० र च्याङ्ग्रा प्रतिकेजी ७०० रुपैयाँ निर्धारण गरेको हो ।

संस्थानले प्रतिकेजीमा १० रुपैयाँ छुट दिएको हो । संस्थानले हिजो ५०० च्याङ्ग्रा र २७१ वटा खसीबोका ल्याएको जनाएको छ ।


क्लिकमान्डु