भ्रष्टचारको अभियोगमा झापा मालपोतका अधिकृत सहित ३ पक्राउ



काठमाण्डौ । भ्रष्टाचार गरेको अभियोगमा झापा दमकको मालपोत कार्यालयबाट एक अधिकृत सहित तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

जग्गा किर्ते गरेर पास गर्न मुख्य भूमिका खेलेको अभियोगमा तीन जनालाई आयोगको टोलीले नियन्त्रणमा लिएपछि मालपोत कार्यालय दमकमा खैलाबैला मच्चिएको थियो ।

मालपोत अधिकृत अग्नि घिमिरे, नायव सुब्बाद्वय डिल्ली कोईराला र जयन्द्रराज खड्कालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको आयोगका इटहरी कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिए ।


क्लिकमान्डु