बडादशैंको तेश्रो दिन चन्द्रघण्टाको पूजा गरिंदै




काठमाण्डौ । बडादशैं अन्तरगत नवरात्रको तेस्रो दिन आज माता दुर्गाको तेस्रो शक्तिस्वरुपा चन्द्रघण्टा देवीको पूजाआजा गरी मनाईँदैछ । चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ ।

यी देवीको १० वटा हात र १० हातमा खड्ग, वाण आदि शस्त्र,अस्त्र हुने विश्वास गरिन्छ । उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर चिनिएको हो ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।


क्लिकमान्डु