माछापुछ्रे बैंकका ४ शाखा रहित बैंकिङ सेवा थपिए
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङमा ४ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका, खोटाङको हलेसी तुबचुङ नगरपालिका(च्यास्मीटार), खोटाङकै हलेसी तुबचुङ नगरपालिका(धितुङ) मा थप ४ शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको हो ।
यो सहित ३३ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त(रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्डपनि तुरुन्त उपलब्ध गराउने गरेको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३३ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १२१ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।