बाँकेमा एनआईसी एशिया बैंकको २ नयाँ शाखा थपिए



काठमाण्डौ । एनआईसी एशिया बैंकले २ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बाँके जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवन चोक शाखाको एनआइसी एशिया बैंकका संचालक राजेन्द्रप्रसाद अर्याल तथा बैजनाथ गाउँपालिका वडा नं.६ स्थित सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमलराज खनालबाट उद्घाटन भएको हो ।

बैंकका मुलुकभर २६१ शाखा कार्यालयहरु, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई रहेका छन् ।


क्लिकमान्डु