एभरेष्ट बैंक र दक्षिण कोरियाको फिनसर्टबीच रेमिट्यान्स सम्झौता



काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र दक्षिण कोरियाली मनिट्रान्स्फर अपरेटर फिनसर्ट आईनकर्पोरेट बीचमा रेमिट्यान्स सम्झौता भएको छ । संझौतापछि दक्षिण कोरियाबाट एभरेष्ट बैंकमा रेमिट्यान्स पठाउन सहज भएको छ ।

सम्झौंता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् । क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्नेछ । जसलाई सजिलै वेभसाइट तथा मोवाइल एप्लीकेशनमा पाउन सकिन्छ । एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा उक्त एपलिकेसन रहेको छ ।

कुनैपनि रेमिट्यान्स पठाउने मानिसले क्वाइसर्टमा रजिस्टर हुनुपर्ने छ, त्यसपछि क्वाइसर्टले एभरेष्ट बैंकको मार्फत नेपालमा रेमिट्यान्स पठाउने छ । यो समझदारीसँगै बैंकको सेवा दक्षिण कोरियासम्म पुगेको छ ।


क्लिकमान्डु