लहानमा गण्डकी विकास बैंकको नयाँ शाखा



काठमाण्डौ । गण्डकी विकास बैकको सिराहा जिल्ला स्थित लहान शाखाको औपचारिक उद्घाटन भएको छ । लहान नगरपालिकाका प्रमुख मुनी साह सुडिले शाखाको उद्घाटन गरेका हुन् ।

सो अवसरमा नगर प्रमुखले गण्डकी विकास बैकलाई लहानमा स्वागत गर्न पाउँदा खुशी लागेको र यहाँका जनताले सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने वताए ।

स्वागत मन्तव्य राख्दै बैकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैकको गतिविधि र भावी कार्यक्रमबारे जानकारी गराए । गण्डकी विकास बैंक लिमिटेडका अध्यक्षसुशिल गौचनले उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिदै आगामी दिनमा बैकका शाखालाई गाउँ गाउँमा पु¥याउदै वित्तीय पहुच पुर्याउने जानकारी गराए ।

उक्त कार्यक्रममा, उद्योग बाणिज्य संघ सिराहा लहानका अध्यक्ष अशोक अमात्य, जे.एस.मुरारका क्याम्पसका क्याम्पस प्रमुख तुलसीराम पोख्रेलले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम संचालन शाखा प्रमुख चन्द्रदिप पहाडीले गरेका थिए ।


क्लिकमान्डु