कात्तिक १६ मा गुहेश्वरी मर्चेन्टको बार्षिक साधारण सभा 



काठमाण्डौ । गुहेश्वरी मर्चेण्ड बैंकिङ एण्ड फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा कात्तिक १६ गते हुने भएको छ ।

असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभालाई मध्य नजर गर्दै सेयर दाखिला खारेजको कार्य कात्तिक ९ गतेदेखि १६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

हालको चुक्ता पुँजी ८० करोड रहेको कम्पनीले ४ करोड २१ लाख ५ हजार ६ सय(लाभांस कर सहित) नगद लाभांभ बाँड्ने भएको कम्पनी सचिव दिनेशलाल श्रेष्ठले बताएका छन् ।


क्लिकमान्डु