महालक्ष्मी विकास बैँक सञ्जालमा चार शाखा थपिए



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने क्रममा काठमाडौं उपत्यका बाहिर नयाँ ४ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले मिति असोज १७ गते झापा जिल्लाको दमक नगरपालिका वडा नं ७, दमक बजारमा आफ्नो छयहत्तरौँ शाखा स्थापना स्थापना गरेको हो ।

असोज २१ गते सप्तरी जिल्ला, रुपनी गाउँपालिका वडा नं १, रुपनीमा आफ्नो सतहत्तरौँ शाखा स्थापना गरी बैकिङ्ग सेवा सर्व साधारण माझ उपलब्ध गराएको जनाएको छ ।

यसैगरी असोज २८ गतेका दिनदेखि थप दुई शाखा मार्फत कारोबार गर्ने निर्णय गरेको छ । थप दुई शाखा अन्र्तगत कैलाली जिल्ला, कैलारी गाउँपालिका वडा नं १ स्थित हसुलिया शाखा तथा बारा जिल्ला, प्रसौनी गाउँपालिका वडा नं २ स्थित प्रसौनी शाखा रहेका छन् ।

यी शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या ७९ पुग्ने प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए ।


क्लिकमान्डु