सिटिजन्स बैंकका ग्राहकलाई क्लिनिक वन प्रालिमा विशेष छुट



काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र क्लिनिक वन प्रालि, जावलाखेलबीच बैंकका ग्राहकवर्गलाई क्लिनिकको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघुबिक्रम राणाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट\क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले क्लिनिक वन प्रालिमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा बिशेष छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विश्वास व्यक्त गरे ।


क्लिकमान्डु