चापागाईँ स्वदेशी लघुबित्तको सिइओ नियुक्त




काठमाण्डौ । इटहरी सुनसरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुबित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा गोबिन्द चापागाईँ नियुक्त भएका छन् ।

संस्था सञ्चालक समितिको असोज २२ गते बसेको बैठकले चापागाईँलाई मंसिर १ गतेदेखि लागु हुने गरी सिइओ पदमा नियुक्त गरिएको हो ।

२०७९ कात्तिक ३० गतेसम्मका लागि उनलाई सिइओ नियुक्त गरिएको कम्पनी सचिव अशोक सुवेदीले जनाएका छन् ।


क्लिकमान्डु