यी हुन् कर्मचारीलाई बढी तलब दिने कम्पनी, सामान्य कर्मचारीको तलब पनि करोड बढी



काम गर्ने कम्पनीबाट बढी तलबको आश सबैलाई हुन्छ । कम्पनीको वित्तीय अवस्था अनुसार उसका कर्मचारीको तलब पनि निर्धारण हुन्छ ।

जागिरमा अनुसन्धान गर्ने कम्पनी कम्पेरेलबीले विश्वका १० हजारभन्दा बढी कम्पनी र ५० लाख कर्मचारीसँगको रिभ्युलाई आधार बनाएर गरेको सर्वेले बढी तलब दिने कम्पनीको सूचि प्रकाशित गरेको छ ।

२०१७ सेप्टेम्बरदेखि २०१८ सेप्टेम्बरसम्म  गरिएको रेटिङमा यो सर्वे केन्द्रीत छ । बढी तलब दिने पाचौं वटा कम्पनी अमेरिकन कम्पनी हुन् । सबै सूचना प्रविधिसँग सम्बन्धित कम्पनी हुन् ।

गुगल

अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको गुगल कर्मचारीलाई सबैभन्दा बढी तलब दिने कम्पनीमा पर्छ । इन्टरनेट सर्च इन्जिन र मोबाइल डिवाइस कम्पनी गुगल कर्मचारीलाई सबैभन्दा बढी तलब दिने कम्पनीमा पहिलो स्थानमा छ ।

यहा काम गर्ने कर्मचारीको वर्षमा १ करोड ९० लाख रुपैयाँ कमाउने गर्छन् । एक कर्मचारीका अनुसार गुगलमा कहिल्लैपनि तलबको लागि बार्गेनिङ गर्नु पर्दैन । व्यवस्थापनले राम्रा कर्मचारीको मूल्यांकन आफै गर्छ ।

फेसबुक

लोकप्रिय सामाजिक संजाल फेसबुक बढी तलब दिने सूचिमा दोस्रो नम्बरमा छ । क्यालिफोर्नियामा मूख्यालय रहेको फेसबुकमा औसतमा एक जना कर्मचारीले वर्षमा १ अर्ब ८४ करोड रुपैयाँ तलब वापत पाउने गर्छन् ।

सेल्सफोर्स

अमेरिकी आइटी कम्पनी सेल्सफोर्स बढी तलब दिने कम्पनीमा तेस्रो सूचिमा पर्छ । केही समय अगाडि यो कम्पनीले विश्वविख्यात म्यागेजिन टाइमलाई खरिद गरेको थियो । यहा काम गर्ने कर्मचारीले वर्षमा १ करोड ८० लाख रुपैयाँ तलब लिने गर्छन् ।

माइक्रोसफ्ट

सफ्टवेयर पिसी तथा भिडियो गेम बनाउने कम्पनी माइक्रोसफ्ट बढी तलब दिने सूचिमा चौथो नम्बर छ । यहा काम गर्ने कर्मचारीले वर्षमा १ करोड ७९ लाख रुपैयाँ पाउने गर्छन् । यहा काम गर्ने कर्मचारीलाई कति घण्टा काम गर्यो भन्दापनि कस्तो काम गर्यो भन्ने आधारमा मूल्यांकन हुने गरेको छ ।

नेटफ्लिक्स

भिडियो स्ट्रिमिंग कम्पनी नेटफ्लिक्स बढी तलब दिने सूचिमा पाचौं नम्बरमा पर्छ । यहा काम गर्ने कर्मचारीले वर्षमा औसतमा १ करोड ७९ लाख रुपैयाँ तलब थाप्ने गर्छन् ।


क्लिकमान्डु