१३.०१ अंकले घट्यो नेप्से, ४० करोडको कारोबार




काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १३.०१ अंकले घटेको छ । १.०६ प्रतिशतले परिसूचक घट्दा १२१४.३६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार आज १ सय ६० कम्पनीका १३ लाख ३७ हजार ५ सय २६ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ४० करोड ७५ लाख १ हजार ४ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको नेप्से परिसूचक अनुसार उत्पादनमूलक र अन्य समूह बाहेक सबै समूह घटेका हुन् ।

बैंकिङ समूह १३.५२, होटल समूह ३७.२२, विकास बैंक समूह २१.२२, जलविद्युत समूह २.८३, वित्तीय समूह ५.८८, निर्जीवन बीमा समूह १०२.२५, माइक्रोफाइनान्स १८.८६ र जीवन बीमा समूह ५४.२९ अंकले घटेका हुन् ।

आज उत्पादनमूलक समूह २.५९ र अन्य समूहले ०.९२ अंकले बढेका हुन् । यस्तै आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले २ करोड ६ लाख १८ हजार ३१ रुपैयाँको टर्नओभर गरेको हो ।

यसैगरी नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी ९.९८ प्रतिशतले कमाई गरेका छन् भने लक्ष्मी लघुबित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी ९.९३ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु