रामग्राममा ३ अर्ब लागतमा सिमेन्ट उद्योग खुल्दै, निर्माण कार्य जारी




नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ जमुवाडमा जगदम्बा सिमेन्ट उद्योग खुल्ने भएको छ ।

करीब तीन अर्बको लागतमा पाँच बिघा क्षेत्रफलमा स्थापना हुन लागेको सो उद्योगका लागि आवश्यक जग्गा खरिद गरी अहिले पर्खाल निर्माणको काम भइरहेको छ । वातावरण प्रदूषणलाई ध्यानमा राखेर उपकरण जडान गरिने उद्योगका सञ्चालक शशी न्यौपानेले बताए ।

सो उद्योगबाट करीब २०० परिवार प्रत्यक्ष तथा करीब तीन हजार परिवार अप्रत्यक्ष रुपमा लाभाम्वित हुने छन् ।

उद्योगले सरकारलाई वार्षिक एक अर्ब ५० करोड राजश्व बुझाउने न्यौपानेको भनाइ छ । उद्योगले जिल्लाको विकासमा थप टेवा पुग्ने उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारी बताउँछन् । रासस


क्लिकमान्डु