काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक डाकेको हो । यसअघि गत असोज १९ गतेका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइएपनि तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मूल पार्टीको विधानसँगै नेविसंघको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो २ बजे बैठक बस्न लागेको जानकारी दिए ।
नेविसंघको विधान टुंगो नलाग्दा कात्तिकमा गर्ने भनिएको १२ औं महाधिवेशन नै अन्योलमा परेको छ । मूल पार्टी र नेविसंघको विधानसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।