सिन्धुलीको जुनार सुपरजोनमा कृषिमन्त्री खनाल (फोटो फिचर)




काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुनार सुपरजोन सिन्धुलीमा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले अवलोकन गरेका छन् । उनले जुनार सुपरजोन आयोजनामा रहेका समस्या तथा आवश्यक्ताबारे चासो राख्दै अवलोकन गरेका हुन् ।

सुपरजोन अवलोकनका क्रममा उनले स्वयम् किसानसँग समस्याका बारेमा सोधका थिए भने समाधानका उपायहरु लिएका थिए ।सो अवसरमा उनले नेपालमा जुनार खेतीको ठूलो सम्भावना रहेको र त्यसलाई विश्वभर चिनाउनु पर्ने बताए ।

हाल सिन्धुलीको तीनकन्या गाउँका अधिकांस कृषकहरुले आफ्नो जमिनमा जुनार खेती लगाएका छन् । ४ सय हेक्टर जमिनमा जुनार खेती गरिएको छ । किसानहरुले जुनार बिक्रीबाट बार्षिक न्यूनतम १ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

तस्बीर सौजन्य: बोमलाल गिरी


क्लिकमान्डु