काठमाण्डौ इञ्जिनियरिङ कलेजद्वारा अटोमोवाइल्स एशोसियनशनसँगको सहकार्यमा अभियान शुभारम्भ




काठमाण्डौ । काठमाडौँ इञ्जिनियरिङ्ग कलेज, कालिमाटीले नेपाल अटोमोवाइल्स एसोसिएसनसंगको सहकार्यमा 100 Youths Our Future अभियान संचालन गर्न गर्ने भएको छ ।

काठमाडौँ इञ्जिनियरिङ्ग कलेजको पूर्ण व्यवस्थापनमा हुने यो अभियान अक्टुबरबाट शुरु भई आगामी जनबरी २०१९ सम्म ४ महिना संचालन हुनेछ ।
संसारमै लोकप्रिय र शाहसको प्रतिरुप मानिएको मोटर स्पोर्ट्सको अवधारणा भित्र रहेर नेपालमा यो कार्यक्रम शुरु गरिएको बताइएको छ ।

यस अभियान अन्तर्गत पहिलो चरणमा काठमाडौँ इञ्जिनियरिङ्ग कलेज तथा अन्य इञ्जिनियरिङ्ग कलेजमा आधारित रहेर इच्छुक विद्यार्थीलाई समेटेर मोटर स्पोर्ट्स, ड्राइभ टुरिजम, अटो रोबोटिक्स इनोभेसन तथा सडक सुरक्षा बारेमा छोटो जानकारी दिइनेछ ।

दोस्रो चरणमा ती इच्छुक बिद्यार्थीहरु मध्येबाट लिखित परीक्षाको आधारमा १०० जना छनौट गरिने छ, जसमा अटोमोबाइल स्पोर्टस, इनोभेसन तथा रोड सेफ्टीका प्रश्न हुनेछन् ।

तेस्रो चरणमा छनौट भएका बिद्यार्थीलाई उनीहरुले प्राप्त गरेको नम्बर तथा विषयको आधारमा ३ क्षेत्रमा विभाजन गरिनेछ । चौथो चरणमा तीनवटै क्षेत्रका बिद्यार्थीमाझ आ-आफ्नो समुहको छनौट र प्रतिस्पर्धा गराइने जनाइएको छ ।

सम्पूर्ण कार्यक्रमको लगानी अनुमानित १२ लाख हुनेछ, जसको लागि काठमाडौँ इञ्जिनियरिङ्ग कलेजले पाँच लाख नगद सहयोग, अटोरोबोटिक कम्पिटिसन र विद्यार्थी व्यबस्थापन गर्नेछ भने त्यस बाहेकका कार्य नासाले गर्ने कलेजका प्रिन्सिपल चाँद शम्सेर राणाले बताए ।


क्लिकमान्डु