अख्तियारको फन्दामा पप्पु कन्स्ट्रक्सनका मालिक सांसद् हरिनारायण रौनियार, १३ जनालाई भष्ट्रचारको मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा हालका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार सहित १३ जनालाई भष्ट्रचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले हरिनारायणका छोरा तथा अहिले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रहेका सुमिन रौनियारलाई मुद्दा लगाएको छ ।

अख्तियारले बबई पुल गुणस्तरहीन बनाएकाले निर्माणमा संलग्न आयोजना प्रमुख, कर्मचारी र ठेकेदारसहित १३ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

पप्पु कन्स्ट्रक्सन मालिक हरिनारायण रौनियार संघीय समाजवादी फोरमबाट पर्सा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अख्तियारले मुद्दा दर्ता गरेसँगै उनको उनको सांसद पद स्वत निलम्बनमा परेको छ।


क्लिकमान्डु