५८ प्रतिशत नेपालीले सामाजिक संजाल मार्फत अाएका समाचार विश्वास गर्छन्: अध्ययन



काठमाडाैं। क्षेत्रीय आइसिटी नीतिको भण्डार लर्नएसियाले हालै सम्पन्न गरेके आफ्टर एक्सेस सर्वेक्षणले हाल सम्म उपलब्ध हुन नसकेको नेपालमा मोवाइल तथा  इन्टरनेटको पहुँच तथा प्रयोगसम्बन्धि तथ्याङ्क सार्वजनिक गरेको छ । अनुसन्धान प्रतिवेदन अनुसार नेपाल यसका धनी छिमेकी मुलुकहरुको तुलनामा मोवाइल तथा इन्टरनेट प्रयोगमा अग्र स्थानमा रहेको देखाएके छ भने ई-कमर्शको सुचाङ्कमा भने सो अवस्था नरहेको पाइएकाे छ ।

अध्ययनका अनुसार १५-६५ उमेर समूहका ७२ प्रतिशत नेपाली जनतासँग मोवाइल फोन रहेको पाइयो । यी मध्ये ६० प्रतिशत फोनहरु इन्टरनेट चल्ने (फिचर वा स्मार्टफोन) फोनहरु थिए । यसको साथै ४६ प्रतिशत नेपालीहरु इन्टरनेटको वारेमा जानाकार रहेको पाईयो । यो प्रतिशत यस प्रतिवेदनमा समावेश गरिएका एसियाका मुलुकहरु भारत, पाकिस्तान, म्यानमार, वंगलादेश र कम्वोडियाको भन्दा उच्च रहेको छ ।

लर्नएसियाका प्रमुख कार्यकारी अधिकृत तथा क्षेत्रीय आइसिटी नीतिका विशेषज्ञ हेलानी गलपायाले नेपालमा इ-कमर्श विकासको ठुलो संभावना रहेकाे बताइन् । यस क्षेत्रका सरोकारवालाहरु चेतना अभिवृद्धि तथा मोवाइल वित्तिय सेवा र इ-कमर्श वृद्धिका लागी सँगसँगै अघि बढ्नु पर्ने उनकाे भनाइ छ ।

केवल ३ प्रतिशत मोवाइल प्रयोगकर्ताहरुले कुनै वेला पैसा पठाउन र प्राप्त गर्न मोवाइल प्रयोग गरेको उनले बताइन् । त्यस्तै केवल २५ प्रतिशत १५-६५ उमेर समुहका नेपाली इन्टरनेट प्रयोगकर्ताहरुले विभिन्न मञ्चहरुमध्ये कम्तिमा एउटाको वारेमा जानकार रहेको कुरा वताए । यस समूहको मात्र ४ प्रतिशतले तीनीहरु मध्ये कुनैको प्रयोग गरेको वताए । यो संख्या सर्वेक्षण गरिएका धेरै एसियाली देशहरुको मध्ये न्यन हो ।

इन्टरनेट प्रयोग नगर्नुको मूख्य कारण यस सम्बन्धि चेतनाको कमी रहेको सर्वेक्षणमा देखिएको छ ।

यी उपलब्धिहरु आफ्टर एक्सेसको एक अंशको रुपमा रहेका छन् जुन एउटा अन्तरराष्ट्रिय पुरस्कार प्राप्त कार्य हो । यसले ग्लोवल साउथमा मोवाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल र अन्य अनलाईन मञ्चहरुको पहुँच तथा प्रयोग सम्बन्धि ठोस तथ्याङ्क संकलन गरेको छ ।

मोबाईल फोन तथा ईन्टरनेटमा उपलब्ध सुचना तथा तथ्याङ्कले राष्ट्रिय जनसंख्याको प्रतिनिधित्व नगर्ने र यसले सरकार र अन्य निर्णयकर्ताहरुलाई अप्राप्त तथ्याङक हुने गलपयाके भनाइ छ ।

आफ्टर ऐक्सेस सर्वेक्षणको नेपाल विशेष नतिजाहरु क्षेत्रिय आइ सि टि थिङ्क ट्याङ्कका रुपमा परिचित लर्नएसियाले काठमाण्डौमा अक्टोबर ४, २०१८ मा सार्वजनिकरण गरेको थियो । उक्त सार्वजनिकिकरण कार्यक्रममा प्रतिवेदनको सारांश र नेपालको अवस्थाको सम्बन्धमा प्यानल छलफल भएको थियो । यो कार्यक्रम लर्न एसिया, इन्टरनेट सोसाईटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलिजिले संयुक्त रुपमा आयोजना गरेको थियो ।

कार्यक्रममा दुरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनल, संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुभास ढकाल, आइएसओसी नेपालका अध्यक्ष सन्तोष सिग्देल, नेपाल टेलिकमकी व्यवस्थापक रिना डंगोल, भायानेट कम्युनिकेशनका प्रवन्ध संचालक विनय वोहरा, लर्न एशियाका प्रमुख कार्यकारी निर्देशक हेलानी गल्पया सहभागी थिए ।

यो प्रतिवेदनले नेपालकाे अाइसीटी क्षेत्रको विकासको लागि आवश्य मूख्य बिषयको वारेमा प्रकाश पार्ने सेन्टर फर ल एण्ड टेक्नोलोजीका कार्यकारी निर्देशक बाबुराम अर्यालले बताए ।

नेपालमा सात प्रदेशका १०० वडाहरुका २ हजार घरपरिवार तथा व्यक्तिहरुसम्म पुगेर यो सर्वेक्षण गरिएको बताइएके छ । नमुना संकलन विधि अपनाउदा १५-६५ उमेर समुहका देशभरीका मानिसहरुलाई लक्षित समूह मानि ९५ प्रतिशत गोपनीयता र ३.३ प्रतिशत कम वा बढी मात्र सिमान्त त्रुटी हुने सक्नेगरी नमूना संकलन गरिएको थियो ।

नेपालमा प्रयोग गरिएको विधि अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकाका अठारबाटै सर्वेक्षण कार्य सम्पन गरिएका देशहरु सँग तुलना योग्य छ । त्यसैले आफ्टर एक्सेस डाटावेस मोवाइल फोन र इन्टरनेटको पहुँच तथा प्रयोग सम्बन्धि ग्लोबल साउथको उत्कृष्ट तथा पुर्ण डाटावेश हो । यस तथ्याङ्कमा ३८ हजार जना घरपरिवार तथा व्यक्तिहरु सँग प्रत्यक्ष अन्तरवार्ता गरि संकलित सूचनाहरु समाविष्ट छन् । यस तथ्याङ्कले विभिन्न लैङ्गिक, ग्रामिण वा शहरी वसाई र उमेर जस्ता पक्षहरुलाई समेटेको छ ।

नेपालको प्रतिवेदन अनुसारका अन्य प्रमुख नतिजाहरुमा एसियाका अन्य सर्वेक्षण गरिएका मुलुकहरुको तुलनामा १५-६५ उमेर समुहका नेपाली इन्टरनेट प्रयोगकर्ताहरु लामो समयसम्म अनलाईन वस्ने गरेको पाईयो । धेरै जस्तो अर्थात ७८ प्रतिशत प्रयोगकर्ताहरु १ वर्ष भन्दा वढी समयदेखी अनलाईन रहेको देखियो । केवल २२ प्रतिशत गत वर्षवाट मात्र अनलाइन भएको भेटियो । जहाँ कि सो सख्या भारतमा ३३ प्रतिशत, पाकिस्तानमा ५३ प्रतिशत र कम्वोडियामा ४३ प्रतिशत पाइयो ।

इन्टरनेट प्रयोगमा पुरुष र महिला बिचको भिन्नता ३३ प्रतिशत पाइयो । जुन एसियाली मुलुकको तुलनामा अझै राम्रो देखिन्छ  भने  सर्वेक्षणमा समावेश गरिएका थोरै जसो मुलुकहरुको आर्थिक स्तर समान रहेको पाईयो ।

१५-६५ उमेर समुहका नेपाली इन्टरनेट प्रयोगकर्तामध्ये ४० प्रतिशतले सोको अनुभव लिएको वताए तापनि २९ प्रतिशतले डाटाको लागत मूल्य बढि हुने गरेको प्रष्ट पारे ।

७७ प्रतिशत इन्टरनेट चल्ने मोवाइल फोन भएका प्रयोगकर्ताले विभिन्न एप्सहरु प्रयोग गर्ने गरेको पाईयो । तिनीहरुमध्ये धेरैले म्यासेन्जिङ अथवा च्याट अथवा सामाजिक सञ्जाल चल्ने एप्सहरु वा सवै प्रयोग गर्ने गरेको वताए ।

सर्वेक्षण गरिएका मुलुकहरु मध्ये १५-६५ उमेर समुहको नेपाली इन्टरनेट प्रयोगकर्ताहरुले न्यून अनलाईन ह्यारेसमेन्ट अनुभव गरेको बताए । केवल ४ प्रतिशतले मात्र यस्तो अनुभव गरेको पाईयो जुन कम्बोडियामा २६ प्रतिशत रहेको छ ।

सामाजिक सञ्जालमा संप्रेषित समाचारको सम्बन्धमा अध्ययन गर्दा नेपालमा १५-६५ उमेर समुहका ५८ प्रतिशत मोवाइल प्रयोगकर्ताहरुले यस्ता समाचारको पुर्ण विश्वास गर्ने वताए । यो संख्या अन्य सर्वेक्षण गरिएका मुलुकको तुलनामा अति उच्च रहेको छ ।


क्लिकमान्डु