३ दिन पछि सर्यो काँग्रेस केन्द्रीय समितिको बैठक



काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । काँग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि आज बोलाइएको बैठक विशेष कारणवश असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको हो ।

काँग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितीका लागि अनुरोधसमेत गरेको छ ।


क्लिकमान्डु