प्रधानमन्त्री ओली आज स्वदेश आइपुग्दै




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै छन् । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन गएका प्रधानमन्त्री ओली स्वदेश फर्कन आइपुग्न लागेका हुन् ।

उनी आज अपराह्न पौने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित २१ जना उच्च पदस्थ अधिकारीको नेतृत्व गर्दै असोज ६ गते त्यसतर्फ गएका थिए ।

अमेरिकामा रहँदा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवं अनौपचारिक भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडोको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणपनि गरेको थियो । यस्तै सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोससँग द्विपक्षीय भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले सान होजेमै शान्ति विश्वविद्यालयबाट प्रदान गरिएको मानार्थ विद्यावारिधिको उपाधिपनि ग्रहण गरेका थिए ।


क्लिकमान्डु