शुक्रबार काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक



काठमाण्डौ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । विधान मस्यौदा समितिले तयार पारेको विधानमाथि थप छलफलका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

पार्टी कार्यालय सानेपामा भोलि दिउँसो १ बजे बस्ने बैठकमा मस्यौदा विधानमाथि छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ ।

विधान मस्यौदा समितिले मस्यौदा विधानमाथि सातै प्रदेशमा भेला गरेर सुझाव संकलन गरेको थियो । सातै प्रदेशबाट आएका सुझावलाई ध्यानमा राखेर मस्यौदा विधानमा समेट्ने प्रयास गरिने समितिका सदस्यहरुले बताएका छन् ।

यसैबीच, नेपाली काँग्रेसले सातवटै प्रदेशबाट प्राप्त विधान संशोधनको मस्यौदाका राय सुझावमाथि आजदेखि छलफल गर्दैछ । विधान संशोधन मस्यौदा समितिको बैठकले यस्तो निर्णय गरेको र आजदेखि त्यसमा छलफल हुने काँग्रेस केन्द्रीय सदस्य डीना उपाध्यायले जानकारी दिइन् ।


क्लिकमान्डु