यी तीन बैज्ञानिकले पाए रसायनशास्त्र तर्फको नोबेल पुरस्कार



काठमाण्डौ । यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकहरुलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ ।

अमेरिकाका फ्रान्सिस् आर्नोल्ड र जर्ज पी स्मिथ तथा बेलायतका ग्रेगोरी विन्टरले प्रोटिन अनुसन्धानमा गरेको योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

यी रसायनशास्त्रीहरुले नयाँ प्रोटिन बनाउने प्रविधिको प्रयोग गरेका थिए ।


क्लिकमान्डु