डीभीको आवेदन खुल्यो, कात्तिक २० सम्म भर्न सकिने
काठमाण्डौ । अमेरिकामा स्थायी बसोबासको अनुमति पाउने माध्यमका रुपमा रहेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा, डिभीको आवदेन गएरातिदेखि खुला भएको छ ।
नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि डिभीको फाराम खुलेको हो । आउँदो कात्तिक २० गते राति पौने ११ बजेभित्र फाराम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूताबासले जनाएको छ ।
यस पटक डिभी भरेर छनौट हुनेहरुले सन् २०२० मा अमेरिका जान पाउने छन् ।