बाग्मती अञ्चलमा मोटरसाइकल दर्ता रोकियो, ९९ लटसम्म दर्ता, १०० लटमा प्रवेश गर्न कानूनी अड्चन




काठमाण्डौ । बाग्मती अञ्चलबाट वितरण भइरहेका मोटरसाइकलको दर्ता रोकिएको छ । साविकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ । अब १०० को लटमा प्रवेश गर्न कानुनी अड्चनका कारण रोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए ।

यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था कानुनमा छ । यही व्यवस्थाका कारण ९९ लटको सबै नम्बर सकिएपछि २ दिनदेखि नयाँ दर्ता रोकिएको हो ।

यातायात व्यवस्था नियमावलीमा २ डिजिटको लट नम्बर राखेर मात्रै सवारी दर्ता गर्नुपर्ने प्रावधान छ । काठमाडौंमा ‘बा ९९ प’ मा ‘९९९९’ सम्म बाइक वितरण भइसकेको छ । बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।


क्लिकमान्डु