माछापुच्छ्रेका कर्मचारीलाई एनबिआईले तालिम दिने

28
Shares

काठमाण्डौ । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सो सम्झौता अनुसार एन.बि.आईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसञ्जिब सुब्बाले हस्ताक्षर गरे । बैंकमा हाल ९९५ कर्मचारी रहेका छन् ।