आइएमएफको प्रमुख अर्थशास्त्रीमा भारतीय मुलकी प्राध्यापक गीता गोपिनाथ नियुक्त



भारतीय मुलकी प्राध्यापक गीता गोपिनाथ अन्तराष्ट्रिय मुद्रा कोषको प्रमुख अर्थशास्त्रीको रुपमा नियुक्त भएकी छन् ।

हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक गीता गोपिनाथलाई प्रमुख अर्थशास्त्रीमा नियुक्त गरेको हो ।

गीता अहिले हार्वर्ड विश्वविद्यालयमा अन्तराष्ट्रिय अध्ययन र अर्थशास्त्रको प्राध्यापक हुन् ।

आईएमएफकी प्रमुख क्रिष्टिना लेगार्डले गीताको नियुक्तीको बारेमा जानकारी दिदै भनिन्,‘ गीता विश्वकै उत्कृष्ट अर्थशास्त्रीमा एक हुन्, उनीसँग निकै धेरै अनुभव छ र ज्ञानपनि छ।’

भारतको केरला राज्यमा जन्मेकी गीता गोपिनाथले केरल राज्यको प्रमुख आर्थिक सल्लाहकारको रुपमा समेत काम गरेकी थिइन् ।

आईएमएफमा भारतीय मुलका व्यक्ति प्रमुख अर्थशास्त्री बन्ने गिता दोस्रो व्यक्ति बनेकी छन् । यसभन्दा अगाडि भारतीय रिजर्ब बैंकका पूर्व गभर्नर रघुराम राजन आईएमएफमा प्रमुख अर्थशास्त्री थिए ।


क्लिकमान्डु