निर्मला पन्तको हत्याको छानबिन गर्न गठन भएको टोलीले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ ।

कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि पन्तको हत्या भएको थियो । अहिलेसम्म बलत्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन ।

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वको टोली बनाएको थियो । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे ।


क्लिकमान्डु